Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अकस्मात प्रचण्ड नेपाल पक्षले दियो आफु पक्षिय केन्द्रीय सदस्यलाई यस्तो निर्देशन


3.2K
Shares

अकस्मात प्रचण्ड नेपाल पक्षले दियो आफु पक्षिय केन्द्रीय सदस्यलाई यस्तो निर्देशन

काठमाण्डौं ७, माघ । नेकपाको प्रचण्ड– नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहनका लागि उक्त समूहको अनौपचारिक बैठकले निर्देशन दिएको हो ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

आजको बैठक करिब दुई घण्टासम्म चलेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसङ्घर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा जानकारी गारउनुभएको थियो । प्रचण्ड–नेपाल समूहले हिजो मात्रै केन्द्रीय सदस्यलाई नागरिकतासहित आउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology