Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अदालतमा प्रधानमन्त्रीको लिखित जबाफ, मैले अदालतको अपहेलना गरेको छैन


2.1K
Shares

अदालतमा प्रधानमन्त्रीको लिखित जबाफ, मैले अदालतको अपहेलना गरेको छैन

काठमाण्डौं ६, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको जनाउनुभएको छ ।

प्रधानमत्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गर्नुभएको छ । मैले राजनीतिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दा सम्माननीय प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरु, तथा अदालतमा न्याय सम्पादनका लागि कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना लगाएको छैन’ प्रधानमन्त्रीको लिखित जवाफको ६ नम्बर बुँदामा भनिएको छ ।

त्यस्तै उहाँले रिट निवेदनकले हँुदै नभएको विषय र अप्रसाङ्गिक कानुनी व्यवस्था उल्लेख गरी अदालतलाई भ्रमित गर्नेगरी रिट दिएको स्पस्ट देखिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology