बिराटनगर ६, फागुन । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग गर्न सक्ने बताएका छन् । प्रदेशसभामा प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपछि अबिश्वासको प्रस्तावको सामाना गर्न नसक्ने अबस्थामा पुगेका मुख्यमन्त्री राईले प्रदेशसभा भङ्ग गर्ने अबस्थामा पुगेको बताएका हुन् ।
‘म त्यो पक्षमा छैन, उनले भने, तर उहाँहरु (प्रचण्ड–माधव समूह) को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’ । मुख्यमन्त्री राई माथि प्रदेश सरकारको आयु बढाउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका छन् । मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।