काठमाण्डौं ६, फागुन । संबैधानिक इजलासमा बहसमा रहेको रहेको संसद बिघटनको मुद्दामा बहस सकिनै लाग्दा संसद पुनस्थापनाको सम्भावना झनै बलियो हुदै गएको छ । इजलासलाई निस्पक्ष सुझाव दिनका लागि संबिधान त व्यवस्था गरिएको एमिकस् क्युरीका सदस्यहरुले प्रधानमन्त्रीको कदम संबिधान बिपरित रहेको तर्क गरेपछि संसद पुनस्थापनको अबस्था झनै बलियो बन्दै गएको हो ।
एमिकस क्युरी इजलासलाई सहयोग पुर्याउन गठन गरिएको निस्पक्ष निकाय हो । विहिबार एमिकस क्युरीका पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेको बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्यूरी शाक्यले पार्टीको विवाद मिलाउन नसकेर ओलीले प्रधानमन्त्रीमा भएको अधिकार दुरुपयोग गरेको तर्क पेश गरे ।
‘पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रधानमन्त्रीमा भएको अधिकार दुरुपयोग गरे । संविधानको धाराा ७६ (१) अनुरुप नियुक्त भएको प्रधानमन्त्रीले ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गर्न सक्दैनन्,’ कस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने भन्ने उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले सबैभन्दा पहिले पदबाट राजीनामा दिनुपथ्र्याे । त्यसपछि ७६(२,३ र ५) अनुरुपका अवस्था अप्लाई भएनन् भने मात्रै कामचलाउ प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गर्न सक्छन् ।’
पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले जस्तै ओलीले पनि अधिकारको दुरुपयोग गरेको उनको तर्क छ । ‘पार्टीको विवाद संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन भन्नुपथ्र्यो, विधानले व्यवस्था यो । यो पारित भए छोड्नु पथ्र्याे नभएको भए आफैँ बलियो भइहाल्थे,’ उनले भने, ‘यो प्रधानमन्त्रीले अधिकार दुरुपयोग गरेका हुन् ।
यस अघि बुधबारको संवैधानिक इजलासमा एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संवैधानिक इजलाससमक्ष संसद बिघटनलाई बदर गरिदिनु सुझाव दिएका थिए । उनले भने, संविधानले अझै काम गर्न सक्छ भन्ने मान्ने हो भने प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिनू। प्रणाली ध्वस्त हुन लागेको मौकामा एउटा धक्का दिऊँ, ध्वस्त पारिदिऊँ भन्ने हो भने सदर गरिदिनू।