काठमाण्डौ ६, फागनु । नेकपाको प्रचण्ड नेपाल पक्षले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछन । प्रतिनिधिसभा बिघटन बिरुद्धको कार्यक्रम अन्र्तगत सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड नेपाल पक्षले जनाएको छ ।
अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने एक नेताले बताएका छन् । ‘सो समयमा हामीले अरू केही अवरोध गर्दैनौँ, धेरै मानिस एकसाथ जम्मा हुने भएकाले ट्राफिक जाम हुन सक्छ, उनले भने, त्यसको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ला,’