Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमिकस क्युरीले पनि भन्यो, प्रतिनिधिसभा विघटन असंवैधानिक छ


2.8K
Shares

एमिकस क्युरीले पनि भन्यो, प्रतिनिधिसभा विघटन असंवैधानिक छ

काठमाण्डौ ५, फागुन । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी (अदालतको साथी) का रुपमा बुधबार सर्वोच्च अदालतमा बहसका लागि उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनलाई असंवैधानिक भन्नुभएको छ ।

इजलाश समक्ष खरेलले प्रणाली नै ध्वस्त हुन लागेको छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए मात्र पुस ५ को संसद् विघटन सदर गरौ भन्नुभएको थियो । नेपालको वर्तमान संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको जिकीर गर्दै खरेलले संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा १ सय ३ र १ सय ८७ रहेको बताउँदै हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार नदिएको धारणा राख्नुभयो ।

हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता बढ्ने जिकीर गर्दै वरिष्ठ अधिवक्ता खरेलले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्ने बताउनुभयो तर बिकल्प इजलासलाइ रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology