Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा दुई पांग्रे सवारी चालकलाई सडकमा नै प्रशिक्षण


2.8K
Shares

गोरखामा दुई पांग्रे सवारी चालकलाई सडकमा नै प्रशिक्षण

गोरखा ३, फागुन । गोरखामा दुई पांग्रे सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्वेश्यका साथ गोरखामा चालकहरुलाई सडकमा नै प्रशिक्षणको प्रदान गरिएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको सहयोग तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाको आयोजनामा ‘दुई पांग्रे सवारीका चालकलाई सप्ताहब्यापी सडक प्रशिक्षण’ कार्यक्रम अन्तरर्गत पहिलो दिन सदरमुकाममा चालकलाई सडकमा नै राखेर प्रशिक्षण गराईएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदाकिय सेवा केन्द्र गोरखाको सह आयोजनामा भएको उत्त कार्यक्रमका प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अरु सवारीको तुलनामा दुई पांग्रे सवारी बढी जोखिम पूर्ण हुने बताउदै सडक र सवारीको अवस्था अनुसार मात्र सवारी चलाउन चालकहरुलाई आग्रह गर्नुभयो । सवारी दुर्घटनामा सवारी धनीका साथै चालक र पैदलयात्रुको पनि उत्तीकै स्थान भएकोले सबैले आ–आफ्नो दायित्व पुरा नगर्दा सम्म दुर्घटनालाई न्यूनिकरण गर्न नसकिने भन्दै गति सिमित राखेर मात्र सवारी चलाउन चालकलाई प्रजिअ भट्टराईले आग्रह गर्नुभयो ।

साताब्यापी कार्यक्रम अन्तरर्गत आज गोरखा बसपार्कमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ्ग, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाल, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, पृथ्वी यातायात कम्पनी प्रालिका सदस्य विपिनचन्द्र ढकाल, मनकामना ट्याक्सी प्रालि गोरखाका अध्यक्ष जिवन खड्का र सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलासबावु श्रेष्ठले शुभ कामना मन्तव्य व्यक्त गनुृभएको थियो ।

आगामी आईतबार अर्थात फागुन ६ गते सम्म सञ्चालनमा आउने यो अभियान जिल्लाको विभिन्न स्थानमा हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो दिन १५० भन्दा बढी दुई पांग्रे सवारी चालकलाई प्रशिक्षण गराईएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology