एजेन्सी ३, फागुन । भारतको महाराष्ट्रमा ट्रकले पल्टिँदा १६ जना मजदुरको मृत्यु भएको छ। जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका मजदुर रहेको बताइएको छ। मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए।
दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।