काग्रेस २, फागुन । नेपाली काँग्रेसको नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ । फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले छलफल गरेर आवश्यक रणनीति तय गर्न पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको हो । पौडेलसहित उहाँ पक्षका नेताहरूले हिजो महामन्त्री शशाङ्क कोइराला निवासमा भेला गरी सभापति देउवालाई दवाव दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका हुन् ।
पौडेलले महाधिवेशन लगायतमा छलफल गर्न केन्द्रीय कार्यसमिति बोलाउन देउवासँग माग गरे पनि केन्द्रीय समिति बैठक बस्ने टुङ्गो छैन । फागुन ५ गते जिल्ला सभापतिहरू र जिल्लाका नेताहरूसँग छलफल गर्ने तयारी पौडेल पक्षको छ । छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू र पूर्वमन्त्रीहरूलाई पनि बोलाइने बताइएको छ । सभापति देउवाको नियमित कार्यकाल गत वर्ष फागुनमै सकिएको थियो ।
विधानअनुसार उहाँले एक वर्ष कार्यकाल थप्नु भएको थियो । कोरोना महामारी र क्रियाशील सदस्यता वितरणका काम नसकिएको भन्दै काँग्रेसले महाधिवेशन कहिले गर्ने सुनिश्चित गर्न सकेको छैन ।