एजेन्सी १ फागनु । जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । शनिबार स्थानीय समय अनुसार रातको ११ बजे भूकम्प गएको अन्तराष्ट्यि सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि सुनामी आउनसक्ने सम्भावना नभए पनि समुद्र किनार आसपास रहेका मानिसहरुलाई शतर्क रहन पूर्वजानकारी दिइएको छ ।
भूकम्प शक्तिशाली भए पनि भूकम्पमैत्री भौतिक संरचनाका कारण कुनै क्षति नभएको बताइएको छ । फुकुसिमालाई केन्द्रबिन्दु बनाएर गएकको भूकम्पले कान्तो, मियामी लगायत स्थानमा ठूलो धक्का महसुश गरिएको बताइएको छ ।