Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका सवै स्थानीय तहमा नेकपाले मनायो २६ औं जनयुद्ध दिवस


5.5K
Shares

गोरखाका सवै स्थानीय तहमा नेकपाले मनायो २६ औं जनयुद्ध दिवस

गोरखा १, फागुन । गोरखामा २६ औं जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाइएको छ । तत्कालिन नेकपा माओबादीले २०५२ साल फागनु १ गते जनयुद्धको सुरुवात गरेको ऐतिहासिक दिनको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षले गोरखाका ११ वटै स्थानीय तहमा कार्यक्रम गरेको हो । दिवसको अबसरमा नेकपा गोरखा नगरपार्टीको आयोजनामा भएको कार्यक्रममा बोल्दै पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे अहिलेका सवैखालका उपलब्धी जनयुद्धको प्रतिफल भएको बताउनुभयो ।

उहाँले जनयुद्ध नेपाली राजनीति मात्र नभएर बिश्व राजनीतिक आन्दोलनको नमुना भएको भन्दै जनयुद्धबाट प्राप्त उपलब्धीलाई कसैले खोस्न नसक्ने बताउनुभयो । अध्यक्ष पाण्डेले केपी शर्मा ओलीले सत्ता टिक्न पूर्व लडाकुहरुलाई भ्रम छर्ने काम गरिरहेको भन्दै ओलीले राजनीतिक बिश्वास गुमाई सकेकाले अब कसैले बिश्वास गर्ने पक्षमा नरहेको बताउनुभयो । त्यस्तै जनयुद्ध दिवसको अबसरमा जिल्लाको गण्डकी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रीय सदस्य हरिराज अधिकारीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संबिधान उल्लंघनको जनताले रक्षा गर्ने अबस्थामा पुगेको बताउनुभयो ।

नेकपा बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा नेता बिष्णु भट्ट लगायत

उहाँले संबिधानमा हुदै नभएको अधिकारको प्रयोग गरेर ओलीले संसद बिघटन गरेपनि लाखौ जनता त्यसको बिरुद्धमा सडकमा उत्रिए पछि सरकार अत्तालिएको बताउनुभयो । बिघटित प्रतिनिधीसभाका सांसद समेत रहनु भएका नेता अधिकारीले जनताको तागतले ओलीको असंबैधानिक कार्य सच्याई छाड्ने बिश्वास व्यक्त गर्नुभयो । नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य दिपक तिमल्सिना (साकार), युवासंघका नेता सुदिप नगरकोटी, नेतृ जानुका पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

उत्ता जिल्लाको आरुघाट गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवंम गोरखा जिल्लाका अध्यक्ष लेखबहादुर थापाले जनयुद्धलाई धारे हात लगाउने ओलीले अहिले माओबादी नेताहरुलाई आफ्नो पक्षमा ल्याउन झुटको खेती गर्दै हिडेको बताउनुभयो । उहाँले ओलीले सत्तामा पुग्नका लागि मात्र पार्टी एकता गरेको रहेछ भनेर सवैले बुझिसकेकाले जनताले कदापी बिश्वास गर्न नसक्ने दावी गर्नुभयो ।

त्यस्तै दिवसमा अबसरमा सिरानचोक गाउँपालिकामा आयोजित कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धितालले जनयुद्धले एजेण्डालाई स्थापित गर्ने अबस्थामा राजनीति पुगेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली धोका दिएको बताउनुभयो । भीमसेन थापा गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य सुशिला सिंखडा, शहिद लखन गाउँपालिकामा केन्द्रीय सदस्य अमर तमु, बारपाक सुलिकोट गाउँपालिकामा पार्टीका गण्डकी प्रदेश कमिटिका सदस्य बिष्णु भट्ट, पालुङ्गटार नगरपालिकामा गण्डकी प्रदेश कमिटिका कार्यालय सदस्य हितबहादुर कंडेल, धार्चेमा गाउँपालिकामा नेता छमबहादुर गुरुङ्ग लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology