Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनयुद्ध दिवसमा धेरैपछि बाबुराम र प्रचण्ड एउटै मन्चमा


6.2K
Shares

जनयुद्ध दिवसमा धेरैपछि बाबुराम र प्रचण्ड एउटै मन्चमा

काठमाण्डौ १, फागुन । पार्टीबाट छुट्एिपछि लामो समयसम्म अलग अलग रहनुभएका महान जनयुद्धका सहकर्मी पुष्पकमल दाहाल (प्रचण्ड) र डा.बाबुराम भट्राई लामो समयपछि एउटै मन्चमा उभिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोर्कापण कार्यक्रमको अबसरमा शनिबार दुई नेताहरु राजधानीमा एउटै मन्चमा भेट हुनुभएको छ । कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भट्राईको पं्रससा गर्दै जनयुद्ध दिवसको दिन भएको भेट औपचारिक कार्यक्रम मात्र नभएर अर्को छुटट्ै अर्थ रहेको बताउनुभयो ।

कार्यक्रममा जनता समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका डा भट्राईले जनयुद्ध दिवस एक ऐतिहासिक दिनको रुपमा रहेकाले फागुन १ गतेकै दिन आफुले पुस्तक लोर्कापण गर्ने योजना बनाएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology