Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लेखराज भट्ट पनि ओली पक्षसंग असन्तुष्ट : भन्छन् ओलीलाई छोड्न आइतबार चाहिदैन


2.6K
Shares

लेखराज भट्ट पनि ओली पक्षसंग असन्तुष्ट : भन्छन् ओलीलाई छोड्न आइतबार चाहिदैन

काठमाण्डौ १, फागुन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्न कुनै आइतबार नचाहिने टिप्पणी गर्नुभएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सामन्ती प्रवृति हाबी भएकोले साथ छोडेको र त्यो प्रवृति ओलीमा देखिए ओलीलाई छोड्न आइतबार नचाहिने उहाँले बताउनुभयो ।

पूर्वजनमुक्ति सेना नेपालको केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिनुभयो । उहाँले प्रचण्डले सडकमा तमासा देखाइरहेको समेत जानकारी दिनुभयो ।

वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लडेको स्मरण गर्दै उहाँले भन्नुभयो,”युद्धका क्रममा कैयौँले ज्यान गुमाए । तर, यो युद्धको नेतृत्व गर्ने प्रचण्ड अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो ।” भट्टले पूर्वमाओवादीमा छलफल नै नगरी प्रचण्डले पदकै लोभमा पार्टी एकता गरेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology