Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बादल ओलीलाई छोडेर प्रचण्ड नेपाल पक्षमा फर्कने संकेत


2.8K
Shares

बादल ओलीलाई छोडेर प्रचण्ड नेपाल पक्षमा फर्कने संकेत

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षमा गएका तत्कालिन प्रचण्ड पक्षका नेता रामबहादुर थापा (बादल) प्रचण्ड नेपाल पक्षमा फर्कन संकेत गर्नुभएको छ । फागुन १ गते शनिबार २६ औं जनयुद्ध स्थापना दिवसमा मनाउन समेत ओलीले अस्विकार गरेपछि प्रचण्डपक्षबाट गएका पूर्व माओवादी नेताहरु असन्तुष्ट भएका हुन् ।

पूर्व माओवादीकै रुपमा आफूलाई भागवण्डा र आफ्ना निकटस्थलाई अवसर हुनुपर्नेमा जोड दिदै आएका बादल माओवादी जनयुद्धमा प्रभावशाली नेतामध्येका हुनुहुन्थ्यो । ओलीसँग असन्तुष्ट बन्दै गएका बादलले कुनैपनि बेला विद्रोह गर्न सक्ने बुझिएको छ । बादलले निकटस्थसँग यसबारे छलफल समेत गर्नुभएको थियो । विश्वस्त स्रोतका अनुसार उनी नेकपाको प्रचण्ड माधव नेपाल समूहका केही नेताहरुसँग नियमित सम्पर्कमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology