काठमाण्डौ ३०, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले ) काठमाण्डौमा गरेको बृहत बिरोध प्रर्दशनमा ओलीका दुई मन्त्री आफ्नो समुहमा आउन लागेको बताएपछि राजनीतिक बृतमा अर्को हगांमा मच्चिएको छ । प्रचण्डले यही माघ २८ गतेको कार्यक्रममा ओली पक्षका दुई मन्त्री नै आफ्नो पक्षमा आउन आफुसंग बार्ता गरिरहेको खुलासा गरेपछि ओलीले पक्षमा भुइचालो गएको हो ।
कुन कुन मन्त्री प्रचण्ड नेपाल पक्षमा फर्कन लागेको भन्नेमा अहिलेसम्म सुइको भने नपाएको ओली पक्षका एक केन्द्रिय सदस्यले बताएका छन् । बाहिर हल्ला आएको कुरा हो, ति नेताले भने को फर्कदै भन्ने कुराको कुनै पुष्टी भएको छैन, यस बारेमा बुझ्ने प्रयास हुनु के अनौठो होर । यसले प्रधानमन्त्री निवास बालुवाटारमा समेत चासो बढेको छ । बालुवाटारले तिनको खोजी थालेको बुझिएको छ । प्रचण्डले ढुक्कका साथ दुई मन्त्री फर्कने दावी सार्वजनिक भाषण मै गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले ठुलो संख्यामा फर्कने क्रम चलेको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाउनु भएको थियो । पूर्वमाओबादी तर्फबाट अहिले ओलीलाई साथ दिनेहरुमा गृहमन्त्री रामबहादुर थापा, अर्का प्रचण्ड निकटका नेता मानिएका प्रभु शाह ऊर्जामन्त्री टोपबहादुर रायमाझी हुन्। यि तिनैजना मन्त्री अहिले प्रचण्डको कटु आलोचकको रुपमा उत्रिएका छन् । तर पछिल्लो समय ओली पक्षका युवासंघको भेलामा बादल पक्षले बहिस्कार गरेपछि ओली पक्ष भित्रको किचलो बाहिरिएको थियो ।
ओली पक्षका नेता महेश बस्नेतले एकऔटी ढंगले पूर्व एमाले तर्फलाई मात्र संघमा जिम्मेवारी दिएपछि पूर्वमाओबादीबाट प्रचण्ड छोडेर ओलीको काँध थाप्न गएका बादल पक्ष चिढिएको छ । तर बादलले नै फर्कन प्रचण्डसंग बार्ता गरेको भन्ने बारेमा भने खुल्न सकेको छैन । उहाँहरु बाहेक प्रचण्डलाई छोडेर ओलीलाई साथ दिने मणि थापा र गौरी शंकर चौधरी हुन् । उनिहरु पनि प्रचण्ड पक्षमै फर्कने सम्भावना रहेको हुनसक्ने नेताहरुको अनुमान छ ।