Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सर्वसाधारणलाई कोरोना बिरुद्धको खोप दिन सरकारले तोक्यो मिति


2.3K
Shares

सर्वसाधारणलाई कोरोना बिरुद्धको खोप दिन सरकारले तोक्यो मिति

काठमाण्डौ ३०, माघ । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार अग्रभागमा खटिएकालाई खोप लगाउने सरकारको लक्ष्य थियो ।
तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ । २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ ।

खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले बताउनुभयो । उहाँले खोप संग नडराउन र आफ्नो पालो आएको समयमा खोप लगाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology