Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा समाजबादी पार्टी र राजपा बिच एकता टुङ्गियो


5.9K
Shares

गोरखामा समाजबादी पार्टी र राजपा बिच एकता टुङ्गियो

गोरखा ३०, माघ । समाजवादी पार्टी, नेपाल गोरखा र राष्ट्रिय जनता पार्टी नेपाल गोरखा बिच आज पार्टी एकता भएको छ । दुई पार्टी बिच गोरखा सदरमुकाममा भएको संयुक्त भेलाले जिल्ला स्तरीय पार्टी एकता सम्पन्न गरेको पार्टीका जिल्ला सचिव बिपिन चन्द्र ढकालले जानकारी दिनुभयो । भेलाले जनता समाजबादी पार्टी नेपालका अध्यक्ष नारायण खत्रीलाई जनता समाजबादी पार्टी गोरखाको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

उत्साहजनक रुपमा दुई पार्टीको समायोजन भइ जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति गोरखा निर्माण गरि ७५ सदस्यीय समिति गठन भएको छ । एकतापछि गठित पार्टीका उपाध्यक्षहरु सुकदेव तामाङ, राजेन्द्र पराजुली, शान्ता न्यौपाने, सचिवमा विपिनचन्द्र ढकाल, सह–सचिवमा तेज बहादुर गुरुङ साथै कोषाध्यक्षमा मीन बहादुर बिश्वकर्मालाई चयन गरेको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा माननी सभासद हरिशरण आचार्य, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कुमाल, गोपालबाबू श्रेष्ठ, रोहिणी प्रसाद पाण्डे, अमृत आचार्य साथै गण्डकी प्रदेश सदस्यहरु ज्योति कोइराला, राजेन्द्र खनाल, रमेश पोखरेल सहभागिता रहेको छ । कार्यक्रममा बक्ताहरुले पछिल्लो समसामयिक राजनैतिक अबस्था तथा पार्टीको आगामी भूमिकाका सन्दर्भमा महत्वपूर्ण प्रशिक्षण मूलक मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology