Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा-आँबुखैरेनी सडकखण्डमा सवारी दुर्घटना, एक जनाको मृत्यु अर्का एक गम्भीर घाइते


2.8K
Shares

गोरखा-आँबुखैरेनी सडकखण्डमा सवारी दुर्घटना, एक जनाको मृत्यु अर्का एक गम्भीर घाइते

गोरखा २९ माघ । गोरखामा मोटरसाईकल र बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि एक पुरुषको मृत्यु भएको छ । गोरखा–आँबुखैरेनी सडकखण्ड अन्र्तगत गोरखा नगरपालिका–१२ स्थित नौ किलो भन्ने ठाउँमा प्रदेश ०२–००२२ प ६४२२ नम्बरको मोटरसाईकल र ग.१ ख ४५२२ नम्बरको बस ठोक्किएर आज दिउसो करिब २ बजे ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि चितवन स्थायी घर भई हाल काठमाण्डौको मनमैजु बस्दै आएका केशव दुवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गम्भीर घाइते भएका दुवाडीलाई उपचारका लागि गोरखा अस्पताल पु¥याए लगत्तै चिकित्सक मृत घोषणा थिए । दुर्घटना परि मोटरसाईकल चालक गोरखाको सिरानचोक गाउँपालिका– ८, का बिशाल पन्त गम्भीर घाइते हुनुभएको छ ।

उहाँको आँबखैरेनी स्थित छिम्केश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । गोरखाबाट आँबुखैरेनी तर्फ जादै गरेको मोटरसाईकल र आँबुखैरेनीबाट गोरखा तर्फ आउदै गरेको घुम्तीमा ठोक्किएको प्रहरीको भनाई छ । घटना लगत्तै वस र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology