काठमाण्डौ २९, माघ । नेकपा निकट राष्ट्रिय युवा संघले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे देशव्यापी विरोधका आँधीहुरी सिर्जना गर्ने चेतावनी दिएको छ । संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एक वक्तव्य जारी गर्दै झाँक्रीको गिरफ्तारीका विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिनुभएको हो ।
बिज्ञप्तिमा उहाँले संघको यसै बिज्ञप्तिलाई आधार मानेर ७७ वटै जिल्ला कमिटीलाई आन्दोलनका कार्यक्रम तयार गरि तयारी अबस्था रहन निर्देशन समेत दिनुभएको छ ।
ुकमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरङ्कुश कामचलाउ सरकारको हतास मानसिकताको उपज हो,ु वक्तव्यमा भनिएको छ, कमरेड झाँक्रीलाई विनाशर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रूपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं ।