Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विप्लव सहित ४ पार्टीको संयुक्त मोर्चाले पनि गर्यो सरकार बिरुद्ध आन्दोलनको घोषणा

3.3K
Shares

विप्लव सहित ४ पार्टीको संयुक्त मोर्चाले पनि गर्यो सरकार बिरुद्ध आन्दोलनको घोषणा

काठमाण्डौ २९ माघ । नेकपा विप्लव समूहले ४ दलसँग मिलेर रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गरि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चाका १५ सदस्यीय केन्द्रीय कमिटी र अवधारणा समेत सार्वजनिक गरेका छन् ।

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने मोर्चाले बताएको छ ।विप्लव सहितका ४ पार्टीले गर्यो संयुक्त मोर्चाको घोषणा
काठमाण्डौ २९ माघ । नेकपा विप्लव समूहले ४ दलसँग मिलेर रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गरि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चाका १५ सदस्यीय केन्द्रीय कमिटी र अवधारणा समेत सार्वजनिक गरेका छन् ।

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् ।मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने मोर्चाले बताएको छ । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology