काठमाण्डौ २९, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्री गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रता माथिको खिल्ली भएको बताएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले झाँक्री पक्राउ परे लगत्तै एक बिज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको गिरफ्तारीले पार्टी आश्र्चयमा परेको उल्लेख गरिएको छ । यस गिरफ्तारीले सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्ताबादी चरित्रलाई उदांगो गरेको छ, प्रवक्ता श्रेष्ठद्धारा बिज्ञप्तिमा भनिएको छ ।