Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

झाँक्री पक्राउपछि गगन थापाको आक्रोस : सरकार भ्यालखाना थप, तर सत्य बोल्न डराउदैनौ


3.7K
Shares

झाँक्री पक्राउपछि गगन थापाको आक्रोस : सरकार भ्यालखाना थप, तर सत्य बोल्न डराउदैनौ

काठमाण्डौ २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि काग्रेस युवा नेता गगन थापाले आक्रोस पोख्नु भएको छ । राष्ट्रपति र सरकारले गरेको असंबैधानिक कार्यका बिरुद्ध सडकबाट आवाज उठाउदा नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेको भन्दै नेता थापाले बिहिबार ट्विट गर्दै सरकारलाई भ्यालखाना थप गर्न चुनौती दिनुभएको हो ।

राष्ट्रपति र सरकारले ले आफ्नो कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरेको र त्यसमाथि प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै उहाँले पहिलेका राजा र अहिलेकी राष्ट्रपतिमा कुनै फरक नदेखिएकाले सत्यका पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने उल्लेख गर्नुभएको छ ।

‘उहिले महाराजा अहिले राष्ट्रपति ’ उहाँले लेख्नु भएको छ,‘सरकार झ्यालखानाको संख्या थप किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’ झाँक्री विरुद्ध प्रशासनले राज्य विरुद्धको कसूर दफा ५८ अन्तर्गत पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology