Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसंग प्रचण्ड नेपाल समहुले गर्यो छलफल


2.4K
Shares

विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसंग प्रचण्ड नेपाल समहुले गर्यो छलफल

काठमाण्डौ २७, माघ । कानुनी रुपमा विभाजनको नजिक पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीभित्रको विवाद र वास्तविकताका बारेमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेको छ । काठमाडौँमा आज भएको छलफलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरू सहभागी भएका थिए । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिको प्रहार भएको बताउनुभयो ।

लोकतन्त्रको पक्षमा आफूहरुलाई समर्थन आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अलग–अलग भेटेर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइसेकेको र चाँडै संयुक्त छलफलसमेत हुनसक्ने जानकारी दिनुभयो । पत्रकारको जिज्ञासामा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल लगायतको उपस्थिति रहेको थियो । प्रधानमनात्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेपछि नेकपामा विवाद चुलिँदै गएको छ । विवाद बढ्दै गर्दा आधिकारिकताको लागि दुवै समूहले दावी पेश गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology