काठमाण्डौ २६, माघ । भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढीबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा हिजो बिहान बाढी आएको थियो ।
बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै अझै कम्तिमा १ सय ५० जना सम्पर्क बिहीन छन् । तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको भने उद्धार भइरहेको छ । अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ ।