Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

लाइसेन्सका लागि ट्रायल दिने तयारीमा हुनुहुन्छ ? आजदेखि लागूभयो नयाँ नियम


2.2K
Shares

लाइसेन्सका लागि ट्रायल दिने तयारीमा हुनुहुन्छ ? आजदेखि लागूभयो नयाँ नियम

काठमाण्डौ २५, माघ । लिखित परीक्षा पास भएकाले सवारी साधनको लाइसेन्सका लागि अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो।

एक सूचना मार्फत विभागले सो जानकारी गराएको छ। विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल० पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology