काठमाण्डौं २५, माघ । भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १ सय ५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावित स्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाईएको बताउनुभएको छ । धौलीगंगा सहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको छ ।
बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।