Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दारी ग्याङ्ग गोरखाको संयोजकमा राजेन्द्रप्रसाद न्यौपाने


5.8K
Shares

दारी ग्याङ्ग गोरखाको संयोजकमा राजेन्द्रप्रसाद न्यौपाने

गोरखा २५ , माघ । दारी ग्याङ्ग गोरखाको संयोजकमा दारी राजेन्द्र प्रसाद न्यौपाने पुन सर्व सम्मतले चयन हुनु भएको छ । ग्याङ्गको शनिबार सम्पन्न पहिलो साधारण सभाबाट न्यौपाने पुन ग्याङ्गको संयोजकमा निर्विरोध चयन हुनु भएको ग्याङ्ग कार्य समिती सदस्य सुवास अधिकारीले जानकारी दिनु भयो ।

उहाँँका अनुसार ग्याङ्गका सह–संयोजकमा निमार्ण घिमिरे निर्विरोध चयन हुनु भएको छ । साधारण सभाले ११ जनाको नयाँ कार्य समिती गठन गरेको छ । ग्याङ्गले पाँच सदस्यलाई विभागिय प्रमुखमा समेत चयन गरेको छ ।

साथै साधारण सभामा ग्याङ्गका आर्थिक विभाग प्रमुख रविन श्रेष्ठले आथिक प्रतिवेदन प्रस्तुत गर्नु भएको अधिकारीले जानकारी दिनुभयो । संयोजक दारी राजेन्द्र न्यौपानेको अध्यक्ष्ता रहेको र्काक्रममा ग्याङ्गका सचिव महादेव वस्तिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

ग्याङ्गले यस अघि गोरखा जिल्लाका विभिन्न क्षेत्राहरुमा सामाजिक आर्थिक कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology