दार्चुला २४, माघ । दार्चुलाको नौगाड गाउँपालिका ६ स्थित कपडे भीरमा एक पुरुषको शव फेला परेको छ । स्थानीयबासी ५५ बर्षका कृष्णसिंह धामीको शव भीरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शवको अवस्था हेर्दा भीरबाट लडेको हुन सक्ने प्रहरीको भनाइ छ ।