Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा


7K
Shares

देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा

काठमाण्डौ २३, माघ ।  पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । उच्च हिमाली भूभागमा हिमपात भएको छ ।

आज बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । यस प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने र पर्सिदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology