Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक सय ५ जना कोरोना संक्रमित थपिए


1.4K
Shares

एक सय ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २३ माघ । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २७२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ हजार ५६४ जना सङ्क्रमित निको भएका छन् । हाल दुई हजार १०८ जना सङ्क्रमित आइसोलेशनमा छन् ।

हालसम्म २० लाख ८८ हजार ३७२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology