सिन्धुली २३, माघ । सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । एक जना पक्राउ परेका छन्।
सिन्धुलीको मरिण गाउँपालिका ३ मथौलीका ४६ वर्षीय चेतबहादुर बमजनको हत्या गरेको आरोपमा उनका ४० वर्षीय भाइ मानबहादुर बमजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा दाई चेतबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटना बिहिबार भएको र घटना लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।