Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अर्को गाउँपालिकामा बाँडियो बादर धपाउने उपकरण


3K
Shares

गोरखामा अर्को गाउँपालिकामा बाँडियो बादर धपाउने उपकरण

गोरखा २३, माघ । गोरखाको अर्को एक गाउँपालिकामा पनि बाँदर धपाउने उपकरण बितरण गरिएको छ । जिल्लाको आरुघाट गाउँपालिकाले आफैले खरिद गएर ल्याएर किसानहरुलाई ठूलो आवाज आउने बाँदर धपाउने उपकरण बितरण गरे लगत्तै अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा पनि परीक्षण स्वरुप उपलब्ध गराइएको हो ।

गाउँपालिका भित्र लगाईएका खेतीबाली, तरकारी, फलफुल बाँदरले खाईदिने भएपछि चिन्तित बनेका किसानले बाँदर धपाउने यन्त्र माग भएपछि परीक्षण स्वरुप पहिलो चरणमा १० वटा उपकरण बितरण गरिएको वडाध्यक्ष तयाराज गुरुङले जानकारी दिनुभयो । बाँदर धपाउन उपकरण प्रभावकारी बने थप झिकाएर बितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology