Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रचण्ड–माधव पक्षको आमहड्तालले गोरखा ठप्प: प्रर्दशनकारी हटाउने प्रहरीको प्रयास असफल


1.4K
Shares

प्रचण्ड–माधव पक्षको आमहड्तालले गोरखा ठप्प: प्रर्दशनकारी हटाउने प्रहरीको प्रयास असफल

गोरखा २२, माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले घोषणा गरेको आमहड्तालका कारण बिहिबार गोरखा जिल्ला ठप्प बनेको छ । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–माधव समुहले आहृवान गरेको आमहड्तालका कारणले गोरखामा दिनभर कुनैपनि सवारी साधन चल्न सकेन भने बजार पसल तथा शिक्षणसंस्था समेत पूर्ण रुपमा बन्द भए ।

बन्दलाई भव्य रुपमा सफल पार्न प्रर्दशनकारीहरु दिनभर सदरमुकाम सहित बाह्रककिलो क्षेत्र, ध्याम्पेसाल बजार, आरुघाट बजार भच्चेक बजार लगायतका क्षेत्रमा पनि सडकमै बसेका थिए । सडक अबरुद्ध गर्न निस्किएका प्रर्दशनकारीलाई प्रहरी बिच सडकबाट हटाउने प्रयास गरेपनि नसकेपछि चुपचाप हेरेर बस्नु परेको थियो ।

एम्बुलेन्स, प्रेस, स्वास्थ्यकर्मीका सवारी साधन लगायतका अत्याबश्यक सवारी साधन भने निर्बाध रुपमा सन्चालन गर्न दिइएको थियो । बन्द भव्य रुपमा सफल भएको भन्दै नेकपा गोरखाले सवै जिल्लाबासीलाई धन्यबाद समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology