Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा प्रहरी हवल्दारको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते


3.8K
Shares

गोरखामा प्रहरी हवल्दारको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते

गोरखा २१, माघ ।  गोरखा २१, माघ । गोरखाको पालुङटार नगरपालिका प्रहरीको कुटाईबाट ट्याक्टर चालक गम्भीर घाइते भएका छन् । बुधबार बिहान मध्य पहाडी राजमार्गमा पर्ने चेपे र मिर्दी खोलाको बिच भागमा क्रसरबाट ढुङ्गा लिएर भन्डारथोक जादै गरेका ट्याक्टरका चालक रामबहादुर बर्खेलमाथी प्रहरीले निर्धात कुटपिट गरेका हुन् ।

सादा पोशाकमा रहेका इलाका प्रहरीले कार्यलय ठाटिपोखरीका प्रहरी हवलदार टोपबहादुर थापाले उकालोबाटोमा आफुले रोक भनेको बेलामा ट्याक्टर नरोकेको भन्दै चालक बर्खेलमाथी कुटपिट गरेको पिडितले बताएका छन् ।

प्रहरी हवल्दार थापाको कुटाईबाट चालक बर्खेलेको टाउको र आँखा गम्भीर चोट लागेको छ । घाइते बर्खेललाई तत्काल उपचारका लागि भरतपुरमा पठाइएको स्थानीयबासी केशव न्यौपानले जानकारी दिनुभयो ।प्रहरीको कुटाईबाट जोगिन बस कुरेर बसेका नजिकै रहेका महिलाको पछाडी भाग्दा समेत उनले बर्खेललाई थुतेर कुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology