Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मोतियाबिन्दु भएका ३४ जनाको शल्यक्रिया


3.8K
Shares

गोरखामा मोतियाबिन्दु भएका ३४ जनाको शल्यक्रिया

रखा २०, माघ । जिल्ला सदरमुकाममा रहेको आँखा अस्पतालमा आज ३४ जनाको शल्यक्रिया सम्पन्न भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रमा आज जिल्लाको ३४ जना मोतियाँ बिन्दुका बिरामीहरुको शल्य क्रिया भएको हो । लायन्स क्लब अफ गोरखाको आयोजना तथा आई केयर फाउण्डेशन नेपालको सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उनीहरुको सपलल शल्यक्रिया भएको क्बलका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिनुभयो।

नोबल कोरोना भाइरसका कारण रोकिएको शल्यक्रिया गएको पौष महिनाबाट शुरु गरिएको हो । कोरोना महामारी पछि यो दोस्रो पटक जिल्लामा शल्यक्रिया भएको क्लबले जनाएको छ । आज २१ जना महिला र १३ जना पुरुषको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology