Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संवैधानिक आयोगमा नियुक्ति रोक्न माग गर्दै सर्वोच्च रिट


3K
Shares

संवैधानिक आयोगमा नियुक्ति रोक्न माग गर्दै सर्वोच्च रिट

काठमाण्डौ २०, माघ । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ भन्ने रिट सर्वोच्च अदालतमा पेश गर्नुभएको हो ।

निवेदक त्रिपाठीले रिटमा प्रतिषेध,उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्नुभएको छ । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।

निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology