Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भूमि व्यवस्था आयोग गोरखाको अध्यक्षमा ओली पक्षका थापालाई मनोनयन


2.4K
Shares

भूमि व्यवस्था आयोग गोरखाको अध्यक्षमा ओली पक्षका थापालाई मनोनयन

गोरखा २०, माघ । सरकारले भूमि व्यवस्था आयोग गोरखाको अध्यक्षमा नेकपा ओली पक्षका नेता सुरेन्द्रबहादुर थापालाई चयन गरेको छ । जिल्लाको शहिद लखन गाउँपालिका ९ स्थायी घर भएका थापा लामो समयदेखि पूर्व एमालेको राजनीति गर्दै आउनु भएको थियो ।

सरकारले देशभर रहेको भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेको हो ।तर पछिल्लो समय भने उहाँ पार्टीले उचित स्थान नदिएको भन्दै असन्तुष्टी जनाउदै आउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा बिघटन गरेपछि ओली पक्षले उहाँलाई केन्द्रीय सदस्यमा समेत मनोनित गरेको थियो ।

त्यस्तै सरकारले गोरखा जिल्ला बिज्ञमा सिरानचोक गाउँपालिका केराबारीका बिराज गुरुङ्ग र सदस्यमा सिरानचोक ५ का कमल दानी क्षेत्री नियुक्त नियुक्त गरेको छ। उहाँहरु दुवै जना नेकपा ओली पक्षका हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology