Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक


1.4K
Shares

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाण्डौ १९, माघ । कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेसंगै आज सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

वैशाखमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन गरिएको थियो। परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो। पिरक्षा देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको थियो। कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो। कुल ४ लाख ३३ हजार २७१ जना परीक्षार्थीले परिक्षा दिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology