काठमाण्डौ १९, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गर्नुभएको छ । आज ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताउनुभयो ।
प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, तपाईंहरु तयार हुनुस् चुनाब एक दिन पनि पर सर्दैन । कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने भएको बताउनुभयो ।
निर्वाचन आयोगले समयमा नै चुनाब गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।