Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अब निर्बाचन आयोगमा प्रचण्ड नेपाल पक्षले आधिकारिता दावी गर्ने, यस्तो छ निर्णय


3.7K
Shares

अब निर्बाचन आयोगमा प्रचण्ड नेपाल पक्षले आधिकारिता दावी गर्ने, यस्तो छ निर्णय

काठमाण्डौ १९, माघ । पार्टीको विवरण अध्यावधिक गर्न गरेको अनुरोधलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपा प्रचण्ड– नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा जाने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकार दिनुभयोे ।

आयोगको लिखित जवाफसहित आधिकारिक्ताको दावी गरेर जाने निर्णय भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आयोगमा कहिले जाने भन्ने अझैँ टुङ्गो लागेको छैन । केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ । यसअघि दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology