गोरखा १७, माघ । नेपाल शिक्षक संघ गोरखाको कार्यवाहक अध्यक्षमा शिवबहादुर थापालाई चयन गरिएको छ । संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेले शिक्षक सेवाबाट अनिबार्य अबकास लिनु भएपछि थापालाई कार्यवाहक अध्यक्षमा मनोनित हुनु भएको हो ।
शनिबार गोरखा सदरमुकाममा बसेको बैठकले थापालाई कार्यवाहक अध्यक्षमा चयन गरेको संघले जनाएको छ । त्यस्तै संघको बैठकले संघको सहसचिवमा बर्षा ढकाललाई मनोनयन गरेको छ ।