Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राजनीतिक संकटका बिच निर्वाचन आयोगले गर्न लाग्यो दल दर्ताको आह्वान


2.5K
Shares

राजनीतिक संकटका बिच निर्वाचन आयोगले गर्न लाग्यो दल दर्ताको आह्वान

काठमाण्डौ १७, माघ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सकभर सहमति कायम गर्ने प्रयास रहने आयोगले जनाएको छ । निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फरकफरक सुझाव दिएका छन् ।

हिजो आयोग कार्यालयमै फरकफरक समयमा भएको छलफलमा प्रचण्ड–माधव समूहले दल दर्ताको लागि केही समय पर्खन भनेको छ भने केपी समूहले दल दर्तालगायतका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिन भनेको छ । दुई समूहबाट फरकफरक विचार आएपछि निर्वाैचन आयोग शीर्ष तहतको अर्को छलफल गर्ने तयारीमा जुटेको छ । विहान ठिक साढे ११ बजे नेकपाको प्रचण्ड–माधव समूहको तर्फबाट नेता राजेन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुग्यो ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल काठमाडौँ आउन समय लाग्ने भएकाले दल दर्ताको प्रक्रिया तत्काल अघि नबढाउन सुझाव लेखिएको पत्र बुझाएर केहीबेरमै टोली बाहिरियो । बाहिरिनेक्रममा नेता पाण्डेले आफूहरू बहुमत र नेकपा आधिकारिक रहेको दावी गर्नुभयो । आयोगले दलको आधिकारिकता टुङ्ग्याइसकेको भन्दै ओली पक्षले चुनावको बाँकी प्रक्रिया अगाडी बढाउन सुझाव दिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

दुवै समूह विचार तथा सुझाव दिएर फर्किएपछि भएका छलफल र आयोगको प्रतिक्रिया लिन पत्रकारहरूले २ घण्टाभन्दा धेरै कुर्नुप¥यो । आगामी बैशाख १७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन आउन अब ९१ दिनमात्रै बाँकी छ । निर्वाचनको तयारी गर्न आवश्यक समयको चाँजोपाँजो मिलाउने दवावमा रहेको आयोग दुवै समूहबाट फरकफरक विचार आएपछि कसरी छोट्याएर काम अघि बढाउने भन्ने रणनीतिको तयारीमा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology