गोरखा १६, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले कम्युनिष्टहरुको बदमान गरेको बताउनु भएको छ । प्रतिनिध बिघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा सिरानचोक गाउँकमिटिले आज आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रबक्ता श्रेष्ठले सयौले नेपाली जनताको त्याग तपस्या र बलिदान गरेर प्राप्त गरेको उपलब्धी कम्युनिष्ट नेतृत्वको सरकारबाट नै खोसिनु दुखद् भएको उल्लेख गर्नुभयो । ‘परिवार पाल्ने परिवारका मुख्य सदस्य गमाउनु परेको छ, उहाँले भन्नुभयो, त्यो नेपाली जनताको सुख र सम्बृद्धिका जनताको शासन व्यवस्था ल्याउनका लागि राजतन्त्रको अत्यका लागि भएको थियो, लोकतन्त्रका लागि भएको थियो अहिले फेरी लोकतन्त्र खोसिएको छ ।’
सामान्तबादलाई अन्त्य गरेर गरिबी, अशिक्षा, बरोजगारी जस्ता समस्याको हल गर्न जनताले नेकपाको नेतृत्व दुई तिहाईको मत दिएर सरकारमा पठाएको भएपनि बर्तमान केपी ओली नेतृत्वको सरकारले कुठाराघात गरेको प्रवक्ता श्रेष्ठको भनाई छ ।