Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा प्रचण्ड–नेपाल पक्षले धार्चेमा गर्यो राष्ट्रिय युवासंघको बृहत भेला (फोटो फिचर)


7.4K
Shares

नेकपा प्रचण्ड–नेपाल पक्षले धार्चेमा गर्यो राष्ट्रिय युवासंघको बृहत भेला (फोटो फिचर)

गोरखा १६, माघ ।  नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड–माधव पक्षले राष्ट्रिय युवा संघको धार्चे गाउँपालिका स्तरीय बहृत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको माछा खोलामा बिहिबार आयोजना गरिएको भेलामा गाउँपालिका भित्रका ३५० जना भन्दा बढी युवाहरुको सहभागिता भएको नेकपाका जिल्ला पार्टी सचिवालय सदस्य अकुर तिमिल्सेना (आयामले जानकारुी दिनुभयो ।

भेलाले राष्ट्रिय युवा संघको धार्चे गाउँपालिका संयोजक सुसिल गुरुङ र सहसंयोजकमा भुवन गुरुङलाई चयन गरेको छ । भेलाबाट ५१ सदस्सीय गाउँपालिका स्तरीय कमिटी गठन भएको उहाँले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै भेलाका प्रमुख अतिथि समेत रहनु भएका नेकपाका केन्द्रीय सदस्य एवम बिघटित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले धार्चेमा देखिएको युवाहरुको उपस्थितीले देशभरका सिंगो युवाहरु केपी ओली गरेको संसद बिघटनको बिरुद्धमा रहेको स्पस्ट हुने बताउनुभयो ।

सम्बृद्ध नेपालको सपना बुनेका नेपाली युवा युवतीहरुलाई ओलीको प्रतिगमनकारी कदमले फेरी एकपटक जबरजस्त आन्दोलनमा धकेलेको भन्दै उहाँले युवाहरुको प्रतिगमन बिरुद्धको बिद्रोहलाई अब ओलीले थेग्न नसक्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुसिला सिंखडा, नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य छमबहादुर गुरुङ, जिल्ला कार्यालय सदस्य यादव बस्नेत, जिल्ला सचिवालय सदस्य अकुर तिमिल्सेना (आयाम) युवासंघका केन्द्रीय सदस्य सुदिप नगरकोटी, जिल्ला सदस्य राकेश गुरुङ, सुर्य गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology