बुटवल,१५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गर्नुभएको छ ।
संसद विघटनका विरुद्ध बुधबार बुटवलमा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष नेपालले निर्वाचन आयोगले ४४१ को बहुमत नै आधिकारिक बहुमत हुने भनि सकेकाले आफ्नो समुह नेकपाको आधिकारिक पार्टी भएको दावी गर्नुृभएको हो ।
‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भन्नुभयो ।