गोरखा १४, माघ । गोरखा धवादीघाटमा वेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका ७ को धवादीघाट स्थित त्रिशुली नदी किनारमा वेवारिसे शव फेला परेको हो ।
अन्दाजी ४५ बर्षको पुरुषको मृत्त शरिर त्रिशुली नदीमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पुष्टी गरेको हो ।शवको कुनै पनि पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।