Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा नेकपा प्रचण्ड-नेपाल पक्षले गर्यो निर्वाचन कार्यक्रम बहिस्कार


3.9K
Shares

गोरखामा नेकपा प्रचण्ड-नेपाल पक्षले गर्यो निर्वाचन कार्यक्रम बहिस्कार

गोरखा १४, माघ ।  नेपाल कम्युनिष्ट पाटी (नेकपा) गोरखाले जिल्लामा निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाको आयोजनामा आज जिल्ला प्रसासन कार्यालयमा भएको छलफल कार्यक्रममा नेकपाले संसद बिघटनको मुद्दामा अदालतबाट किनारा लाग्न बाँकी रहेका बेला निर्वाचन प्रक्रिया अगाडी बढाउन नहुने भन्दै नेकपाले निर्वाचन कार्यक्रम बहिस्कार गरेको हो ।

नेकपाका तर्फबाट कार्यक्रममा सहभागी हुन पुग्नु भएका नेकपाका जिल्ला सचिवालय सदस्य यादव बस्नेतले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गर्दै आफ्नो पार्टी निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै कार्यक्रमबाट बाहिरिनु भएको हो । जिल्ला निर्वाचन कार्यालय गोरखाले सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधीसभाको मध्याबधी निर्वाचनाको तयारी स्वरुप जिल्ला भित्रका सरोकारवालाहरुसंग छलफल गरेको थियो ।

छलफलमा जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले निर्वाचन कार्य तालिका बारे सहभागीहरुलाई जानकारी गराइरहेका बेला नेता बस्नेतले पार्टीको आधिकारिक धारणा राखेर कार्यक्रमबाट बाहिरिनु भएको थियो । ‘सर्वोच्चमा प्रधानन्याधिसले संसद बिघटनको बिरोधमा ३ सय भन्दा बढी वकिलको कुरा सुन्दै हुनुहुन्छ, उहाँले भन्नुभयो, अदालतमा संसद बिघटनको मुद्दा बहसमा छ, त्यस्तो अबस्थामा निर्वाचनको प्रक्रिया अघि बढाउनु तर्कसंगत हुदैन ।’

उहाँले संसद बिघटनकै मुद्दा टुङगोमा नपुगेको अबस्था कसरी निर्वाचन सम्भव छ भनेर प्रश्न समेत गर्नुभयो । ‘कि सरकार र निर्वाचन आयोगको सेटिङ हुनप¥यो, उहाँले भन्नुभयो, ‘निर्वाचनको प्रक्रिया अगाडी बढाउने भन्नेकुरा अहिले सम्भव नै छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology