Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै नेकपा उपाध्यक्ष गौतम


4.3K
Shares

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै नेकपा उपाध्यक्ष गौतम

काठमाण्डौ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लाग्नुभएको छ । ललितपुरको धोबीघाटस्थित एक सभाहलमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने–नआउने निश्चित छैन । गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् । दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् ।

उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिनुभएको छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवम् सम्मान गरी समाजवादी शैली अपनाउन सबैलाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology