Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीले पशुपतीमा गएर बत्ती बाल्दैमा संसद बिघटनको पाप पखालिदैन : नेता रावल


2.4K
Shares

ओलीले पशुपतीमा गएर बत्ती बाल्दैमा संसद बिघटनको पाप पखालिदैन : नेता रावल

काठमाडौं १३, मघ । नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको बत्ति बाल्नु परेको बताउनु भएको छ। संसद बिघटनको बिरोधमा मंगलबार बाजुराको कोल्टमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न ओली पशुपतिमा बत्ति बाल्न पुगेका छन् ।, उहाँले भन्नुभयो तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’ उहाँले ओलीले पशुपतिमा गएर बत्ती बाल्दैमा संसद बिघटनको पाप नपखालिने जिकिर समेत गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत समेत लगाउनुभयो । यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उहाँले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology