Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सदरमुकाम क्षेत्रबाट चोरी भएको पल्सर मोटरसाईकल अबुवा क्षेत्रमा फेला पर्यो


2.8K
Shares

गोरखा सदरमुकाम क्षेत्रबाट चोरी भएको पल्सर मोटरसाईकल अबुवा क्षेत्रमा फेला पर्यो

गोरखा १३, माघ ।  गोरखा सदरमुकाम क्षेत्रबाट हिजोराती चोरी भएका ३ वटा मध्ये एउट मोटरसाईकल वेवारिसे अवस्थामा फेला परको छ । गोरखा नगरपालिका ८ को बराह क्षेत्रबाट चोरी भएको बा.८२ प ४४३८ नम्बरको पल्सर २२० मोटर साईकल गोरखा नगरपालिका १३ को अबुवा क्षेत्रमा फेला परेको हो ।

अबुवा क्षेत्रका स्थानियले सडकमा वेवारिसे अवस्थामा मोटरसाईकल देखे पछि प्रहरीलाई खबर गरेको हो । मझुवा प्रहरीले मुकुल्का सहित उत्त मोटर साईकल अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा पठाएको छ । उत्त मोटरसाईकल जिल्लाको शहिद लखन गाउँपालिका ८ मैलुम घर भएका सुरेश पुलामीको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पुलामी राजधानी जान भिनाजुको घरमा बास बस्दा सोमबार राती मोटरसाईलक चोरी भएको थियो । अन्य २ वटा मोटरसाईकलको भने खोजी भई रहेको प्रहरी कार्यालयले जनाएको छ । सोमबार मध्य राती लु.६९ प ०९२४ नम्बरको सरकारी र लु.६० प २५९० मोटरसाईकल समेत चोरी भएको थियो । फेला परेको पुलामीको मोटरसाईकल कानूनी प्रकृया पुरा गरेर फिर्ता गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology